|

उर्लाबारी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे-१० मा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। बिहान ८ बजे पूर्वबाट पश्चिम जाँदै गरेको मे ३ प ६७५५ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा विपरीत दिशाबाट आउँदै गरेको को १ ख २७५२ नंको बुद्ध यातायातको बस पथरीशनिश्चरे-१० जिरीखिम्तीको डाँस खोलामा पल्टिँदा उर्लाबारी-१ बस्ने नरेन्द्र श्रेष्ठकी पाँच बर्षीया छोरी नदीना श्रेष्ठको मृत्यु भएको हो।

दुर्घटनामा तीनजना यात्रु गम्भीर घाइते भएका छन्। उनीहरुको न्युरो अस्पताल विराटनगरमा र सामान्य घाइते सातजनाको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ। बस घटनास्थलमै रहेको र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.