|

काठमाडौं : चीनले नेपालका बाढीपहिरो तथा डुबानपीडितलाई आपतकालीन राहतस्वरुप १० लाख अमेरिकी डलर (१० करोड २० लाख नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले मंगलबार नेपाल-चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा यस्तो घोषणा गरेका हुन्।

बाढीपहिरो तथा डुबानबाट नेपालमा जनधनको ठूलो क्षति भएकोमा गहिरो दु:ख व्यक्त गर्दै याङले तत्काल १० लाख अमेरिकी डलर उपलब्ध गराउने बताए। बैठकमा उपप्रधान एवम् स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले बाढीपहिरोबाट नेपालमा भएको धनजनको क्षतिको विवरण सुनाएका थिए।

चिनियाँ उपप्रधानमन्त्री याङ तीनदिने भ्रमणका क्रममा हाल काठमाडौंमा छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.