|

विराटनगर : शुक्रबार साँझदेखि लगातार तीन दिनसम्म आएको वर्षाले विराटनगर जलमग्न भयो। यो ढंगले विराटनगर ३०/३५ वर्ष अगाडि मात्रै जलमग्न भएको थियो। ‘हामी सानो थियौं त्यसबेला पनि विराटनगर विमानस्थल लगायतका क्षेत्र डुबानमा परेको थियो,’ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भने, ‘त्यो बेलाको भन्दा विध्वंस भने यसपटक भएको छ।’

वर्षाकै कारण मात्रै विराटनगर डुबान भएको होइन। विराटनगर डुबान हुनका लागि पश्चिमको केशलिया खोला र पूर्वको सिंघिया खोला जिम्मेवार छ। जब केसलिया खोला बूढीगंगा गाउँपालिका–२ र ३ कोबीचबाट नहरको डिल भत्काउँदै विराटनगरको वडा नम्बर ४, ५, ६, ११ र १२ नम्बरमा पानीको भेल ओइरिएको थियो।

उक्त पानीबाट सयौं हेक्टर धानबाली नष्ट भएको छ भने हजारभन्दा बढी घर भत्किएका छन्, कैंयौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको छ। केशलिया खोलाको पानीको बहाब थेग्ने ८ सय क्युमेक पानीको बहाव हो तर, बाढीका कारण उक्त खोलामा १३ सय क्युमेक पानी थियो। जसका कारण नहरको सानो बाँध फुटाल्दै खोला विराटनगरमा पसेको जल उत्पन्न प्रकोप डिभिजन कार्यालय विराटनगरका प्रमुख देवनारायण साहले बताए।

 केशलियाले बाँध फुटाएविराटनगर डुबेको थियो

विराटनगर डुबान हुनुमा केशलिया खोला मात्रै जिम्मेवार होइन। विराटनगरको पूर्वमा रहेको सिंघीया खोला पनि जिम्मेवार छ। बुढीगंगा–१, विराटनगरको १९ नम्बर वडाबाट सिंघीया खोलामा उर्लिएको पानीको बहाव बजार पसेको थियो। उक्त पानीका कारण खोला आसपासमा रहेका सयौं सर्वसाधरणको घर, जग्गा तथा भौतिक संरचनाको क्षति गर्दै विराटनगरको मुख्य बजार तिर खोला ओइरिएको थियो।

सिंघिया पनि पस्यो विराटनगर बजार

विराटनगर डुबानबाट रोक्नका लागि यहाँको ढल तथा नाला निकास हुन जरुरी छ। त्यसका साथै सिंघीया र केशलिया खोलाको दीर्घकालिन नियन्त्रणको उपाया लगाउनु जरुरी छ। ‘०५२ सालमा बाँध निर्माण सुरु गरिएको थियो, तर जनताले जग्गा दिएनन् जसका कारण बाँध रोकियो,’ बुढीगंगा ३ का विष्णुराम बुढाथोकीले भने, ‘उतिबेलै बाँध पूरापुर निर्माण गरेको भए अहिले विराटनगर बाढी पस्ने पनि थिएन र जग्ग्गा पनि बगाउँदैनथ्‍यो।’ बु

ढिगंगा गाउँपालिका २ का वडा अध्यक्ष रेवतीकुमार चौधरीले आफूले अब दीर्घकालीन योजना निर्माणका लागि पहल गर्ने बताए। यता, त्यस क्षेत्रको अवलोकनमा पुगेका नेपाली कांग्रेसका नेता तथा सांसद डाक्टर शेखर कोइरालाले अल्पकालिन र दीर्घकालिन समस्या समाधानका लागि आफूले पहल गर्ने बताए।

‘केशलिया खोला र सिंघीया खोलामा बाँध निर्माण नगरेसम्म विराटनगर डुबान हुनबाट बचाउन सकिँदैन,’ बाढीबारे ३०/३५ वर्षअघि भोगेको अनुभव सुनाउँदै डाक्टर शेखर कोइरालाले भने, ‘यहाँका स्थानीय सबैले थोरै थोरै जग्गाको लोभ नगरी बाँध निर्माण गर्न सघाउनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.