|

गोरखा : जिल्लाको एक मात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पस गोरखाले बिहीबार स्थापना दिवस मनाएको छ। क्याम्पसले स्थापना भएको ४० औँ वर्षपछि पहिलो पटक स्थापना दिवस मनाइएको हो। त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. तिर्थ खनियाँको उपस्थितिमा ४० औँ स्थापना दिवस मनाइयो। 

यस अवसरमा क्याम्पस प्रमुख विकास कुमार श्रेष्ठले आगामी दिनमा मानविकी, व्यवस्थापन संकायको पठनपाठनलाई  बिस्तार गर्ने योजना रहेको बताए। क्याम्पसले अहिले शिक्षाशास्त्र र यवस्थापन संकायको पठन–पाठन गराउँदै आएको छ।

४० औँ वर्षमा पहिलो पटक स्थापना दिवस मनाउन सकियो। क्याम्पसले गुणस्तरिय शिक्षाको लागि पाँच वर्षे दिर्घकालीन र अल्पकालीन कार्ययोजना बनाउँदैछ,’ उनले भन,‘नजिकका क्याम्पसहरु मर्ज गरेर गोरखा विश्वविद्यालय बनाउने भन्ने अवधारणबारे पनि छलफल थालिएको छ। हाम्रो क्याम्पसको गुणस्तरका लागि पूर्णकालिन प्राध्यापकहरुको कमी रहेको छ।’ 

६७ रोपनी जग्गामा १० वटा भवनमा क्याम्पस सञ्चालन भइरहेको छ। क्याम्पसमा गोरखासँगै, तनहुँ, लम्जुङ, धादिङ, लगायतका जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेको सहायक क्याम्पस प्रमुख कृष्ण प्यारा श्रेष्ठले जानकारी दिए।  

को–को भए सम्मानित ?

त्रिभुवन विश्वविद्यालयका उपकुलपति खनियासँगै खुल्ला त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा लेखनाथ शर्मा लगायत गोरखा क्याम्पस स्थापनाका लागि सहयोग पुर्‍‍याउने र स्थापनाकालमा अध्ययन–अध्यापन गर्नेेहरुलाई सम्मान गरिएको छ। खनियाँ गोरखा क्याम्पस गोरखाका पूर्व विद्यार्थी समेत हुन्। त्यस्तै शर्मा सोही विद्यालयका विद्यार्थी तथा कुनै समय क्याम्पस प्रमुख समेत रहेका थिए। 

नेपाल संस्कृत विश्वविद्यालयका प्रमुख कुलप्रसाद कोइरालालाई पनि कार्यक्रममा सम्मान गरियो। उनी गोरखा क्याम्पका पूर्व क्याम्पस प्रमुख हुन्। 
क्याम्पस स्थापनाका लागि भवन निर्माणमा सहयोग गर्ने मोहनलाल श्रेष्ठलाई पनि सम्मान गरिएको छ। त्यस्तै क्याम्पसका संस्थापक प्राध्यापक टेकनारायण भूसाल, अशोक कार्की, तेजविर सिंह बस्न्यात, रामप्रसाद रञ्जित, निर्मला रञ्जितलाई पनि सम्मान गरियो।

सम्मानित हुने अन्य संस्थापक कर्मचारीहरुमा कृष्ण बहादुर थापा, प्रेम गिरी, विष्णुमाया श्रेष्ठ, नरेन्द्रसिंह बस्न्यात रहेका छन्। 

तीन जनालाई मरणोपरान्त सम्मान 

क्याम्पस स्थापनादेखि अध्ययन अध्यापनमा सहयोग गर्ने तर निधन भइसकेकाहरु सोमप्रसाद श्रेष्ठ, जीतबहादुर नेपाली र  बैकुण्ठ आचार्यलाई मरणोप्रान्त सम्मान गरिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख ऋषि खनालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.