|

धनकुटा : धनकुटा नगरपालिका वडा न–७ स्थित धनकुटे खोला छेउमा बेवारिसे शव फेला परेको छ। सिरवानीको घुमाउने चौताराको तल्लो भागमा पर्ने खोलानजिक अन्दाजी ३५ वर्षीय पुरुषको शव सड्न लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बिहीबार घाँस काट्न गएका स्थानीय बासिन्दाले पाखामा बेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.