|

सिन्धुपाल्चोकः सिन्धुपाल्चोक जिल्लाको बलेफीमा शनिबार रातीबाट निरन्तर पहिरो खस्दा अरनिको राजमार्गमा अवरोध पुगेको छ। पहिरोका कारण आइतबार दिनभर अरनिको राजमार्ग भएर सञ्चालन हुने सवारी साधन चल्न सकेनन्। 

माथिबाट ठूलाठूला चट्टान निरन्तर खसिरहेकाले अरनिको राजमार्ग सञ्चालनमा ल्याउन कठिनाइ परेको प्रहरीले जानकारी दिएको छ। 

आइतबार बिहानबाट तीन पटक सडक सञ्चालनमा पहिरोले अवरोध गरेको छ। पहिरो खस्ने क्रम निरन्तर भएकाले पहिरो पन्छाउँदै सडक सञ्चालनमा ल्याउँदै गरेको प्रहरीको भनाइ छ। 

यहाँ पहिरोको जोखिम मोलेर सवारी साधन सञ्चालनमा आइरहेका छन्। पहिरो निरन्तर खसिरहेकाले कुनै सवारी साधन वैकल्पिक बाटो खोज्दै सदमुकाम चौतारा आएर काठमाडौँ लागेको प्रहरीले जनाएको छ। 

यस्तै, बाह्रबिसे नगरपालिकाकोे सख्वामा केही दिनबाट निरन्तर पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या परेको छ। शनिबार नै जुरेमा पहिरो खसेर अवरोध आएको भए पनि हिजै दिउँसोबाट पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएकोे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.