|

झापा : झापाको शिवसताक्षीस्थित दूधेमा प्रथम दूधे गोल्ड कपको आयोजना हुने भएको छ।४ असोजदेखि दूधे युथ क्लबको आयोजनामा प्रथम दूधे गोल्ड कप आयोजना हुने भएको हो। दूधेको खेलमैदानमा हुने प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ वटा ‘ए’ डिभिजनका टिमले सहभागिता जनाउने आयोजकले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

प्रतियोगितामा  नेपाल आर्मी, एपिएफ, रुपन्देही ११, चर्च ब्वाइज काठमाडौं, मोरङ ११, झापा ११, हिमालयन शेर्पा तथा आयोजक दूधे युथ क्लबले सहभागिता जनाउने आयोजक दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए। प्रतियोगिताका विजेताले नगद ३ लाख १ हजार नगदसहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने उनले बताए।

यस्तै, प्रतियोगिताको उपविजेताले नगद १ लाख ५१ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल ११ गते हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल ३६ लाख रुपैयाँ बराबरको आम्दानी र खर्च हुने अध्यक्ष लिम्बुले बताए।

प्रतियोगिताको सह–आयोजन सतासीधाम जेसिज र लायन्स क्लब अफ शिवसताक्षीले गर्ने बताईएको छ। भने प्रतियोगिताको टाइटल स्पोन्सर खोजी भइरहेको छ। उक्त प्रतियोगिता झापामा यो सिजनको पहिलो हो। यसअघि, गत वर्षको सिजनमा झापामा ५ वटा गोल्डकप भएका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.