|
फोटोः filmyjoy.net

काठमाडौं : चलचित्र निर्माता तथा नायक रोज राणामाथि सोमबार साँझ खुकुरी प्रहार भएको छ। नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति समेत रहेका चलचित्र निर्देशक राणामाथि मध्य बानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि सडकमा खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीले हानेको धारिलो हतियारले राणाको दाहिने हातमा चोट लागेको छ।

उनको सिभिल अस्पतालमा उपचार भइरहेको एसएसपी थापाले जानकारी दिए।

महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी नारायण चिमोरियाले घटनाबारे अनुरसन्धान भइरहेको बताए।

राणाको निर्देशनमा रहेको चलचित्र ‘जय परशुराम’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन भैरहेको छ। कुनै समय गुण्डागर्दीमा समेत संलग्न राणा पछिल्लो समय चलचित्र निर्माण र रेस्टुरेन्ट व्यवसायमा छन्। उनले खलनायक, दोस्ती, टक्कर दुई मुटुको, म छु नि तिम्रो जस्ता फिल्म निर्माण गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.