|

काठमाडौं : नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका कार्यवाहक सभापति विमलेन्द्र निधि नेतृत्वको टोलीले आइतबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर दल दर्ता गराएको हो।

कानुनी व्यवस्थाअनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराइएको कार्यवहाक सभापति निधिले जानकारी दिए। विभिन्न वाधा अड्चनका बावजुत पनि मिश्रित निर्वाचन प्रणालीको व्यवस्थालाई कार्यान्वयनमा लगिने उनको भनाइ छ।

साथै निधिले तेस्रो चरणमा स्थानीय निर्वाचन हुन लागेको प्रदेश नम्बर २ तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने जिकिरसमेत गरे

संविधानको धारा २ सय ७१ अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दल दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आइतबार साँझ ५ बजेसम्मको समय दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.