|

जुम्ला : चन्दननाथ नगरपालिका–७ मा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ। उनी तातोपानी गाउँपालिका–१ राँकागाउँका २९ वर्षका पदमबहादुर कठायत हुन्। 

चन्दननाथ नगरपालिका–७ मा आफ्नो नयाँ बन्दै गरेको घरमा मंगलबार साँझ करेण्ट लागी उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

करेण्ट लागेर बेहोस भएका उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.