काठमाडौं : फिल्म ऐश्वर्यको टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्ममा प्रयोग भएका गीत र केही दृश्य देखाइएको छ। फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योन्जन लगायतको अभिनय रहेको छ। रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन्।
फिल्ममा रहेको ‘तिमी रोएको पल’ गीत चर्चामा रहेको छ। जसमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ भने सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ।
निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ। सुदीप बरालको छायांकन रहेको यो फिल्म ९ कात्तीकमा रिलिज हुनेछ। फिल्मलाई अल नेपाल डिसिएनले वितरण गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।