उपराष्ट्रपतिका छोरा उपाध्यक्ष निर्वाचित

|
नवनिर्वाचित अध्यक्ष तामाङ (दायाँ) र महासचिव उत्तम अधिकारी।

काठमाडौं : नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन्। शनिबार विहान सकिएको क्रान्तिकारीको २१ औं सम्मेलनको मतगणना अनुसार अध्यक्षमा तामाङले अनिल शर्मालाई २३ मतले पराजित गर्दै विजयी हुन्। तामाङले ८ सय ४५ मत प्राप्त गरे भने शर्माले ८ सय २२ मत प्राप्त गरे। 

त्यस्तै उपाध्यक्षमा तिलक राजभण्डारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम, दिपेश पुन, पञ्चा सिंह, रविकिरण यादव र इन्द्र भुसाल विजयी भएका छन्। महासचिवमा रञ्जित तामाङ प्यानलका उत्तम अधिकारी विजयी भएका छन्। उपाध्यक्षमा निर्वाचित पुन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्।

उपमहासचिवमा जीपी मैनाली विजयी भए भने सचिवमा डा. अच्युत भट्ट, नरेश रेग्मी, गंगा दाहाल लगायत विजयी भएका छन्। कोषाध्यक्षमा भने केशव रावल विजयी भएका छन्। अखिल क्रान्तिकारीले ३३ सदस्यीय पदाधिकारीसहित २ सय ४३ सदस्यीय केन्द्रीय समिति चयन गर्दैछ।

मतपरिणाम रुजु गर्ने काम भइरहेकाले सबै पदको विवरण नआइसकेको र शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेश मल्लले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.