|

काठमाडौं : 'फिक्सन डिजाइनर' उपनामले परिचित साहित्यकार कुमार नगरकोटीको संस्मरणात्मक पुस्तक 'दोचा' सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित 'अल इन वान मार्ट'मा नगरकोटीका बाल्यकालका साथी अक्षय अधिकारी र उनलाई लेखनमा सहयोग गरेका रवी मल्लले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे। 

पुस्तकबारे टिप्पणी गर्दै अक्षय अधिकारीले 'दोचा' नगरकोटीको नोस्टाल्जिया (पूर्व स्मृति) रहेको बताए। उनले भने, 'यो नगरकोटीको नोस्टाल्जिया हो जसमा तपाईं हामी पात्र बनेर आएका छौं।' उनले पुस्तक डायरी जस्तै भएकाले  पढ्नम आनन्द आउने बताए।

रवी मल्लले नगरकोटीको लेखनको सुरुवाती चरण सम्झिए। 'उनका चिठीहरु आउँथे, हरेक चिठीमा कथा हुन्थे आफ्नै जस्ता लाग्ने व्याथा हुन्थे', मल्लले सम्झिए, 'ती छाप्नुपर्छ भनेर मासिक पत्रिका 'समकालिन साहित्य' मा बुझाएको थिए।'

बुक हिलका प्रकाशक भुपेन्द्र खड्काले नगरकोटीको संस्मरण 'उनका कर्म र कुकर्मको संस्मरण' रहेको बताए। पुस्तकमा नगरकोटीका जीवनका सम्बन्धहरुलाई पनि उतारेको खड्काको दाबी छ। 

पुस्तक सार्वजनिक कार्यक्रममा अंकितबाबु अधिकारीले लेखक नगरकोटीले रचना गरेका गीतहरु प्रस्तुत गरेका थिए। बुक हिलले प्रकाशित गरेको २६६ पृष्ठको 'दोचा'को मूल्य ५ सय रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.