|

काठमाडौँः टोखामा रहेको बसुन्धरा नेशनल एकेडेमीको आयोजनामा शुक्रबार छैटौँ उपत्यकाव्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगिता सम्पन्न भएको छ।

लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा काठमाडौँ उपत्यकामा रहेका ४० विद्यालयका प्रतियोगी विद्यार्थीहरूले सुमधुर स्वरमा बालगीत गाएका थिए।

प्रतियोगितामा बेबिलोन नेशनल मा.वि. बानेश्वरका विक्रम कार्की प्रथम भए भने नेइवरहुड इङ्लिस स्कुल मण्डिखाटारका पवन मित्राकोटीले दोस्रो स्थान हातपारे। त्यस्तै, तेस्रो स्थान नमुनामच्छिन्द्र मा.वि.की छात्रा सृष्टि सुवेदीले हात पारिन्। 

सान्त्वना स्थान ल्यावोरेटोरी स्कुलका बवित बस्याल र हिम रश्मि मा.वि.का प्रशन्न पाठकले हासलि गरे। 

उक्त कार्यक्रममा उत्कृष्ठ संगीतकार काठमाडौँ इन्टरनेशनल स्कुल गौरीघाटका  संगीत शिक्षक अनोज चित्रकार बने। त्यस्तै उत्कृष्ठ रचनाकार बने राम खतिवडा। 

विजयी प्रतियोगीहरूलाई प्रथमलाई नगद १० हजार रुपैयाँ, दोस्रोलाई आठ हजार र तेस्रोलाई पाँच हजार रुपैयाँ पुरस्कार र मेडल तथा प्रमाणपत्र दिइएको आयोजकले जनाएको छ।

सान्त्वनातर्फ तीन/तीन हजार रुपैयाँ नगद र मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो। 

कार्यक्रममा पाँचौँ उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिताका विजयी विद्यार्थीहरूको समधुर स्वरमा, गीतकार होम न्यौपानेको एकल रचना र संगीतकार डेनी निरौलाको एकल संगीतमा तयार भएको बाल गीतिएल्बम ‘बाल कुसुम’को विमोचन विशेष अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला र समाज कल्याण परिषदका उपाध्यक्ष नीलमणि बरालले संयुक्त रूपमा गरेका थिए।

यस वर्ष विजयी प्रतियोगीहरूका गीत पनि रेकर्ड गरी एल्बमसमेत निकालिने जानकारी कार्यक्रम संयोजक संगीतकार डेनी निरौलाले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.