|

जनकपुर : स्थानीय तहको तेस्रो चरणको असोज २ गते हुने प्रदेश नम्बर २ को आठ वटै जिल्लाका स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्ण रुपमा भएको छ। प्रदेश नं. २ को सम्भावित राजधानीको रुपमा रहेको धनुषाको जनकपुरमा ३ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

धनुषा तथा यस आसपासका जिल्लाहरुको मुख्य केन्द्र मानिएको जनकपुर उप–महानगरपालिकाको प्रमुखमा १२ जना, उप–प्रमुखमा १४ जना, महिलामा २८ जना, दलितमा १९ जना, १ सय १ जना वडा अध्यक्षमा र ९० जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालय धनुषा जनकपुरले जनाएको छ।

जनकपुर उप–महानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट लालकिशोर साह, उप–प्रमुख रिता झा, नेपाली काँग्रेसको तर्फबाट मनोज साह र उपमेयरमा निलम कर्ण, माओवादी केन्द्रबाट प्रमुखमा चन्द्रशेखर साह र उपप्रमुखमा अम्बिका मण्डल, नेकपा एमालेबाट प्रमुखमा लक्ष्मी नारायण भगत, उपप्रमुखमा पुनम मिश्रा, यसैगरी नयाँ शक्ति नेपालबाट प्रमुखमा उमेश साह रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.