|

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रदेश नम्बर ५ को राजधानी दाङ बन्ने आधार बलियो बन्दै गएको बताएका छन्। दाङलाई प्रादेशिक राजधानी बनाउने बिषयमा जिल्ला समन्वय समिति दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सर्वपक्षीय छलफलमा उनले उच्च अदालत र प्रदेश प्रहरीको कार्यालय दाङमा स्थापना हुनु नै प्रदेश राजधानीका लागि बलियो आधार भएको बताए।

प्रदेश राजधानीका लागि साझा पहल गर्नुपर्ने भन्दै उनले क्षेत्रीयताको कुरा नगरी साझा मुद्दालाई नछोड्न आग्रह गरे। राजनीतिकसँगै सामाजिक क्षेत्रबाट दवाब दिएमा दाङलाई प्रदेश राजधानी बनाउन सकिने नेता पोखरेलको भनाइ छ।

दाङमा प्रादेशिक राजधानी बनाउन साझा एजेण्डा बनाएर अघि बढ्न जिल्लाका सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन्। दाङमै उच्च अदालत र प्रदेश प्रहरीको कार्यालय स्थापना हुनु प्रदेश राजधानीको ठूलो आधार भएको भन्दै सरोकारवालाहरुले साझा आवाजमा प्रदेशको राजधानी दाङमा ल्याउनुपर्ने बताएका छन्।

केही दिन पहिले काठमाडौं पुगेको दाङ प्रादेशिक राजधानी सरोकार समितिका सदस्यहरुले प्रधानमन्त्री तथा नेताहरुले दाङमा प्रदेश राजधानी हुनेमा ढुक्क रहन आश्वासन दिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.