|

काठमाडौं : काठमाडौंबाट नुवाकोट जाँदै गरेको बस नुवाकोटको थानाभज्याङमा दुर्घटना भएको छ। बस सडकबाट ३०० मिटर तल खसेको जानकारी आएको महानगरीय प्रहरी प्रभाग टोखाले जानकारी दिएको छ। उक्त बसमा करिब ५० जना रहेको प्रहरीले जनाएको छ।

बा २ ख ६३४८ नम्बरको बस टोखा छहरे सडक खण्डको थानाभञ्ज्याङको घुम्तीमा दुर्घटना भएको हो। महानगरीय प्रहरी प्रभाग टोखाबाट प्रहरी टोली उद्दारका लागि घटनास्थलतर्फ गएको छ। सडक खराब भएकाले जान ढिलाइ भएको छ। दुर्घटनाको थप जानकारी आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.