|
Photo : nepaliheadlines.com

काठमाडौं: स्थानीयवासीको अवरोधका कारण एक सातादेखि रोकिएका काठमाडौं र ललितपुर महानगरपालिका फोहोरका गाडीले शनिबारदेखि फोहोर फाल्न थालेका छन्।

नुवाकोटको सिसडोलमा दुबै महानगरले फोहोर फाल्दै आएका थिए। तर स्थानीयवासीले विभिन्न माग राखेर फोहोर बोकेका गाडीलाई अवरोध गरेपछि उपत्यकाका सार्वजनिक स्थलको फोहोर उठ्न पाएको थिएन।

सहमतिअनुसार फोहोर प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीबीच भएको ६ बुँदे सहमति अनुसार भदौ २४ गतेदेखि अविच्छिन्न रुपमा सिसडोल ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन गर्न दिइने छ।

फोहोर व्यवस्थापनमा देखिएको अवरोधका सल्ट्याउने गरी काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, सिसडोल ल्याण्डफिल्ड साईटका प्रभावित जनप्रतिनिधि तथा स्थानीय भद्रभलाद्मीबीच शुक्रबार बुँदे सहमति भएको हो।

‘भदौ २४ गते शनिबारदेखि नियमित रुपमा सिसडोल ल्याण्डफिल्ड साईटमा प्रभावकारी औषधी छर्कने, औषधी छर्केपछि फोहोर पुर्ने र फोहोर दुर्गन्धित हुनबाट स्थानीय फोहोर प्रभावित क्षेत्रको सुरक्षा व्यवस्था गर्ने र सहमति भएको चार महिना भित्रमा कामनपा र लपुमनपाले सिसडोल ल्याण्डफिल्ड क्षेत्रका फोहर प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्यलाई मध्यनजर गर्दै एउटा एम्बुलेन्स आफ्नै खर्चमा व्यवस्थापन गर्नेे' सहमति भएको छ,' महानगरपालिका उपप्रमुख खड्गीले भनिन्। 

दुई पक्षबीच भएको सहमति अनुसार फोहोर प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने क्षतिपूर्ति, फोहोर मैला स्रोत परिचालन प्रारम्भिक केन्द्रले पठाएको विवरण अनुसार अविलम्ब वाँड्ने र छुटपुट भएको र थप गर्नुपर्ने क्षतिपूर्तिका सम्बन्धमा समितिले छलफल गरी निर्णयमा पुग्ने निर्णय भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.