|
फाइल फोटो

चितवन : राष्ट्रिय निकुञ्जको कछुवानी पोष्टनजिकै दलदलमा फसेर आइतबार एउटा गैंडा मरेको छ। दलदलमा फसेर अड्किएको अर्ध वयस्क पोथी गैंडा आज बिहान मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

शनिबार दलदलमा फसेको भेटिएपछि गैंडालाई हात्तीको सहायतामा निकालिएको थियो। शिथिल भइसकेका कारण गैंडालाई जोगाउन नसकिएको पाठकले बताए। साउन अन्तिम साता आएको बाढी पसेर दलदल बनेको स्थानमा गैंडा फसेको निकुञ्जले जनाएको छ ।

गत साउन २४ गते पनि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत इचर्नी पोष्टनजिकै दुई भाले जुध्दा लडेर एउटा गैंडा मरेको थियो। गत आर्थिक वर्षमा विभिन्न कारण २५ गैंडा मरेको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.