|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा आर्थिक चलखेल गरेको प्राडा गोविन्द केसीले आरोप लगाएका छन्।

आइतबार एक प्रेस विज्ञप्ति निकालेर डा केसीले यस्तो बताएका हुन्। डा. केसीको प्रेस विज्ञप्तिमा भनिएको छ, 'त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई ब्ल्याकमेल गरेर ज्यादतीपूर्ण रुपमा तोकिएको शुल्क ९ सय ३१ लाख रुपैयाँमाथि समेत थप ठूलो रकम असुलेको भन्ने हामीलाई जानकारी आएको छ। त्यस्ता कलेजलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न पनि ध्यानाकर्षण गराउँछौं।'

वर्ष ०७४/०७५ का लागि एमबिबिएसमा उपत्यका भित्रका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । यसैगरी बिडिएस कार्यक्रमको १९ लाख ३२ हजार ६१२ तोकिएकोमा कलेजहरुले चर्को रकम लिएको डा. केसीले आरोप लगाएका छन्।

'वर्ष ०७४/०७५का लागि समेत एमबिबिएस कार्यक्रमको शुल्क ३८ लाख ५० हजार (उपत्यकाभित्र) र ४२ लाख ४५ हजार (उपत्यकाबाहिर) तथा बिडिएस कार्यक्रमको शुल्क १९ लाख ३२ हजार ६१२ भनेर यसअगाडि नै नेपाल सरकारको मन्त्री परिषद्ले‍ अनुमोदन गरिसकेको सन्दर्भमा अहिले आएर शुल्क निर्धारणमा भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। साथै वार्षिक अधिकतम विद्यार्थी संख्या यस वर्षदेखि १०० हुने यस अगाडिको निर्णयको पनि स्मरण गराउन चाहन्छु' उनको विज्ञप्तिमा भनिएको छ।

यस्तै डा. केसीले काठमाडौं विश्वविद्यालय वा त्रिविका पदाधिकारीहरुले स्‍नातक तहका लागि सरकारले तोकेको भन्दा बढी शुल्क निर्धारण गरेको अवस्थामा ती पदाधिकारीहरुलाई बर्खास्त गरेर कारबाही गर्नसमेत माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.