|

गुल्मी : प्रहरीले गुल्मीमा ठूलो परिमाणमा विस्फोटक पर्दाथ बरामद गरेको छ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ निवासी तारा श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, ४ थान सुतली बम, एक किलोग्राम बारुद र सेफ्टीफ्युज लगायतका विस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराजकुमार द्विवेदीले जानकारी दिए।

रेसुंगा नगरपालिका– २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँच गर्दा सो परिमाणमा विस्फोटक पदार्थ बरामद भएको हो। श्रीस अहिले प्रहरी नियन्त्रणमा छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.