|
Representative Photo

रसुवा : पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आइतबार मृत्यु भएको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन्।

गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आइतबार दिउँसो १:१५ बजे मृत्यु भएको वाग्लेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.