|

पाल्पा : स्थानीय बासिन्दाको पहलमा  जिल्ला ट्राफिक कार्यालय पाल्पाको भवन निर्माण भएको छ। जिल्लाका व्यापारी, व्यक्ति तथा संस्थाको सहयोगमा झण्डै २४ लाख रुपैयाँ लागतमा सुविधासम्पन्न भवन निर्माण भएको हो।

जिल्ला ट्राफिक प्रमुख प्रहरी तथा प्रहरी नायब निरीक्षक प्रविण आचार्यले स्थानीय बासिन्दाको सहयोगमा पाँच कोठाको दुईतले भवन निर्माण भएको बताए। भवन निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष तथा स्थानीय नीलकण्ठ देवकोटाले २३ लाख ९१ हजार ४ सय १९ रुपयाँ लागतमा भवन निर्माण भएको बताए। 

भवन उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले एक्लो ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न कठिनाइ भइरहेको अवस्थामा जनताले गरेको मायाले आफूहरुलाई अझै जिम्मेवार बनाएको बताए।

राम्रो काम गरेको भन्दै  कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्य, हवल्दार थलिबहादुर रेउले, नारनप्रसाद पौडेल, दुर्गाप्रसाद आचार्य, दिपेन्द्रबहादुर केसी, धर्मराज न्यौलाई पुरस्कर दिइएको थियो ।
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.