खेलकुद

नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो, सन्दीपले लिए ७ विकेट
SHARES

भदौ २६, २०७४

    काठमाडौं : एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डविरुद्ध शानदार जित दर्ता गरेको छ। मलेसियामा सोमबार सम्पन्न खेलमा नेपाल २५५ रनको फराकिलो अन्तरले विजयी भयो।

    २८२ रनको विजयी लक्ष्य पछ्याएको थाइल्याण्डलाई २६ रनमा समेट्ने क्रममा सन्दीप लामिछानेले ७ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, किशोर महतो र नन्दन यादवले एक/एक विकेट बाँडे।

    यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन जोडेको थियो। नेपालको पारीमा अनिल साहले सर्वाधिक ९१ तथा प्रनित थापाले ५० रनको अर्धशतकीय पारी खेले।

    यस्तै सन्दीप सुनारले ३२, रोहित पौडेलले २८, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले समान २२, आशिफ शेखले २१ तथा किशोर महतोले अविजित २ रन जोडे।

    आठ टिम सहभागी प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाल रहेको समूहमा थाइल्याण्डका अलावा भुटान र सिंगापुर छन्। समूह बीमा मलेसिया, चीन, हङकङ र म्यानमार छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]