|

काठमाडौं : सरकारले सबै स्थानीय तहलाई गाडी उपलब्ध गराउने भएको छ, जसका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुनेछ। स्थानीय विकास मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई गाडी उपलब्ध गराउन लागेको हो। मन्त्रालयले स्थानीय तहलाई फोर ह्विल (फोर डब्ल्यु डी) गाडी उपलब्ध गराउने मापदण्ड तोकेको छ। बजारमा फोर ह्विल गाडीको न्यूनतम मूल्य ३० लाख रुपैयाँ पर्छ।

मन्त्रालयका समिव दिनेशकुमार थपलियाले उपमहानगरपालिका र पुराना नगरपालिकालाई तीनवटा, नयाँ नगरपालिकालाई २ वटा र गाउँपालिकालाई कम्तिमा एउटा गाडी उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उपमहानगरपालिका १३ वटा छन् भने पुराना नगरपालिका १९१ वटा थिए। यस हिसाबले मन्त्रालयले तोकेको मापदण्डअनुसार स्थानीय तहलाई उपलब्ध गराउन एक हजारको हाराहारीमा गाडी चाहिन्छ।

स्थानीय तहलाई सकेसम्म चाँडो गाडी उपलब्ध गराउने गरी अर्थ मन्त्रालयसँग बजेट निकासाका लागि प्रस्ताव लैजान लागिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.