|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका जाने भएका छन्। २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी ३ असोजमा न्युयोर्क जाने देउवा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर १२ असोजमा फर्कनेछन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीको टोलीमा न्युयोर्कस्थित नेपाली दूतावासबाट थप २१ सदस्य सहभागी हुनेछन्। प्रधानमन्त्री भ्रमण टोलीको नौ दिनका लागि चार करोड ५५ लाख ४१ हजार रुपैयाँ खर्च हुने भएको छ।

प्रधानमन्त्री र उनकी धर्मपत्नीका लागि न्युयोर्क पुगेर स्वदेश फर्किँदा फर्स्ट क्लासको हवाइ खर्च मात्र प्रतिव्यक्ति २० हजार ६ सय ५० अमेरिकी डलर छ। न्युयोर्क पुगेर स्वदेश फर्किँदासम्म उपप्रधानमन्त्री, मन्त्री र भ्रमण दलका अन्य १५ सदस्यका लागि ७४ हजार ४ सय ५० अमेरिकी डलर खर्च हुनेछ। यस्तै भ्रमण दलका थप चार सदस्यको काठमाडौं–न्युयोर्क–काठमाडौंका लागि १० हजार ८ सय अमेरिकी डलर खर्च हुनेछ।

यस्तै नेपालबाट सिधै ओमन पुगेर काठमाडौं फर्कनेको हवाइ भाडा ३ हजार ४ सय डलर लाग्छ। यस हिसाबले प्रधानमन्त्रीसहित २४ सदस्यीय भ्रमण टोलीले काठमाडौं–न्युयोर्क–काठमाडौंको हवाइ भाडामा  मात्र एक लाख २९ हजार ९ सय ५० अमेरिकी डलर खर्च गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.