|

बैतडी : बैतडीमा आत्महत्याका घटनामा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार बर्सेनि आत्महत्याको दर बढ्दो छ। चालु आर्थिक वर्ष २०७४/०७५ को पहिलो दुई महिनामा ७ जनाले आत्महत्या गरेका छन्।

त्यसमध्ये ६ जना महिला रहेको प्रहरी सहायक निरीक्षक करनसिंह धामीले जानकारी दिए। उनका अनुसार ६ जनाले झुण्डिएर तथा १ जनाले विष सेवन गरी आत्महत्या गरेका हुन्।

प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/०७२ मा १६ तथा २०७२/०७३ मा २९ जनाले आत्महत्या गरेका थिए। २०७३/०७४ मा यो संख्या ३६ पुग्यो। घरेलु हिंसा, गरिबी, बेरोजगारी, मानसिक तनावलगायतका कारणले आत्महत्या गर्नेहरु बढ्दै गएको प्रहरीको निष्कर्ष छ।

‘घटनाहरुको अनुसन्धान गर्दा घरमा तनावको वातावरण सिर्जना भएको पाइन्छ,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमलबहादुर विष्टले भने, ‘तनावको कारण गरिबी, बेरोजगारी, घरेलु हिंसालगायत रहने गरेको देखिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.