|

 ओखलढुंगा : ओखलढुंगामा मोटरसाइकल चोरी गर्ने चार युवा पक्रउ परेका छन्। प्रहरीले चोरीको बा४४प५७३८ नं को मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा खोटाङ हरमटार १ का २० वर्षीय सञ्जीव नेपाली, सर्लाही सीतापुर १० का १८ वर्षीय हरेश कुश्वाहन, सुनसरी रामधुनी १का १८ वर्षीय रोबिस चौधरी र मोरङ रतुवा  गाउँपालिका ४का १८ वर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई चोरीको मोटरसाइकलसहित आइतबार बेलुकी ओखलढुंगाबाट पक्राउ गरेको  प्रहरी प्रमुख डिएसपी अर्जुन तिमल्निाले बताए। शुभलक्ष्मी सहकारी संस्थाको नाममा दर्ता भई कवि ओझाले प्रयोग गर्दै आएको मोटरसाइकल २२ भदौमा ओझाको घर  सिद्धिचरण नगरपालिका ११ बाट हराएको थियो। चोरी गर्नेमध्ये सुनसरी रामधुनी १का १८ वर्षीय रोबिस चौधरी भने मोटरसाइकलसहित हर्कपुरबाट पक्राउ परेका थिए।

 अन्यलाई भने उनको बयानका आधारमा ओखलढुंगा बजारबाट पक्राउ गरिएको डिएसपी तिमल्निाले जानकारी दिए। चोरीमा संलग्न ५ जनामध्य एकजना भने फरार रहेको र उनी पनि खोटाङ हरमटार १ का अन्दाजी १९ वर्षीय युवराज नेपाली रहेको र उनीहरु पाँचै जना ज्यामी काम गर्नका लागि ओखलढुंगा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.