|
Photo : employmentrightsireland.com

काठमाडौं : राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्प्लेक्स, रेष्टुरेन्ट, पसलदेखि चोक-चोकमा सिसीटिभी देख्न सकिन्छ। काठमाडौंमात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सिसीटिभी जडान धेरैतिर छ।

तर, यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने निकै कम छन्। विनाअनुमति सिसीटिभी जडान गर्नु गैरकानुनी त हो नै, विद्युतीय कारोबार ऐनअनुसार कारबाही पनि हुन्छ। तर पनि सम्बन्धित नियकाले गैरकानुनी रुपमा सिसीटिभी प्रयोग गर्नेमाथि कारबाही गर्नेतर्फ कुनै चासो दिएको छैन।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा डेढ दर्जनभन्दा कमले मात्रै अनुमति लिएका छन्। काठमाडौं प्रशासनका अनुसार सिसीटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७३ मंसिर अन्तिममा जारी भएदेखि हालसम्म १२ संस्थाले मात्र जडान अनुमति लिएका छन्। 

'एनएमबी, आनआईसी, एसबीआईजस्ता बैंक छन्,' प्रकाशकीय अधिकृत अरुण सापकोटाले भने, 'बोटलर्स नेपाललगायत केही व्यवसायिक संगठनले पनि अनुमति लिइसकेका छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.