|

काभ्रेपलाञ्चोक : स्वाइनफल्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार स्वाइनफ्ल्लुका कारण पनौती नगरपालिका ७ की ४० वर्षीया चादनी नेवाको मृत्यु भएको हो।

‘उनीहरु केही दिनअघि एक महिनाको लागि भारतलगायत देशका विभिन्न धार्मिकस्थलहरुमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगत्तै बिरामी भएर अस्पताल भर्ना हुनुभएको रहेछ।’ डा. अर्जुन सापकोटोले भने।

चाँदनी नेवाको मृत्यु भएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सतर्कता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए। ‘हामीले थप संक्रमण फैलिन नदिनको लागि जिल्ला स्वास्थ्य कार्यालयबाट जनस्वास्थ्य अधिकृत विज्ञान लामाको नेतृत्वमा तीनजनाको टोली खटाएका छौं।’

डा. अर्जुन सापकोटाले भने, ‘टोलीले त्यहाँका अन्य घरमा मानिसहरु बिरामी छन् कि छैनन्, अस्पतालमा अरु कतै भर्ना भएका छन् कि छैनन् भन्ने जानकारीसमेत लिनेछन्।’ साथै टोलीले त्यहाँका मानिसहरुमा रगत परीक्षण लगायतका स्वास्थ्य परीक्षणको कामसमेत गर्ने उनले जानकारी दिए। उपचारमा संलग्न धुलिखेल सामुदायिक अस्पतालका डा. राम गुरुङले अस्पतालमा उनीहरु अन्तिम अवस्थामा भर्ना हुन आएको र उपचारको क्रममा मृत्यु भएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.