पाल्पा : जिल्ला सदरमुकाम तानसेन नगरपालिका–३ की अन्दाजी ६० वर्षिया वृद्धा रोजिया बानु आफ्नै कोठामा मृत भेटिएकी छिन्। शनिबार बेलुकी करिब सात बजेतिर उनी आफ्नै घरभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक चन्द्र कुमार थापाले जानकारी दिए।
बानुको तीन दिन पहिले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। उनी घरमा एक्लै बस्दै आएकी थिइन्। बानुका आफन्त काठमाडौं बस्दै आएका छन्। उनी छारे रोगको बिरामी रहेको र आफ्नै कालगतिले मरेको हुनेसक्ने प्रहरी निरीक्षक थापाले बताए।
घटनाको अनसन्धान भइरहेको उनले बताए। मृतक बानुको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ। आइतबार पोष्टमार्टमपछि शव आफन्तलाई बुझाइने प्रहरी निरीक्षक थापाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।