|

पोखराः पोखराको घट्टेकुलोमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। आइतबार साँझ दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका– १ सिमपानीका १९ वर्षका सुरज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका गुरुङको पश्चिमाञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। पोखराबाट घट्टेकुलो जाँदै गरेको ग१२प २०८६ नम्बरको मोटरसाइकल र घट्टेकुलोबाट हेम्जा आउँदै गरेको ग९प २१८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ग१२प २०८६ नम्बरको मोटरसाइकलमा सवार गुरुङ सख्त घाइते भएका थिए। 

दुर्घटनामा घाइते अन्य दुईको पोखराको मणिपाल र फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.