|

बझाङ : जिल्लामा असोज २८ गतेदेखि ‘बिसिए कप २०७४ फर टुरिजम प्रमोशन’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बुंगल क्रिकेट एशोसियसनको आयोजनामा हुने यस प्रतियोगिता कार्तिक १ गतेसम्म सञ्चालन हुने जानकारी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइयो। 

बुंगल नगरपालिकास्थित क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगितामा सुदुरपश्चिमका २० टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। बझाङ जिल्लाबाहेक अन्य जिल्लाबाट आउने टिमका लागि खाने र बस्ने व्यवस्था आयोजकले नै गर्ने जानकारी एशोसियसनका खेल संयोजक विक्रम सिंह आर ओखेडाले दिए। 

प्रतियोगिताको विजेता टोलीले ट्रफी र प्रमाणपत्रसहित नगद १ लाख रुपैयाँ पुरस्कार हात पार्नेछ। त्यस्तै प्रतियोगिताको उपविजेता, प्रत्येक खेलमा म्यान अफ दि म्याच चुनिने खेलाडी तथा सर्वोत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार हात पार्नेछन्।

बुंगल नगरपालिकालाई चिनाउने तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी खेल संयोजक आखेडाले दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.