|

बारा : बाराको दुईवटै उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णचन्द्र पौडेलले दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका राजन पौडेलले भन्दा २२० मतले अग्रता लिएका छन्।

एमालेका कृष्णचन्द्रले १००१ मत ल्याएका छन् भने माओवादीका राजनले ७०२ मत पाएका छन्। नेपाली कांग्रेसका कृष्णब्रत सिंहले ६६७ र राजपा नेपालका अखिलेश सिंहले ५९ मत पाएका छन्।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा पहिलोपटक सार्वजनिक भएको मत परिणाम एमालेका उम्मेदवार विनोदप्रसाद साहले ३८, नेपाली कांग्रेसका राजेश राय यादवले ३६, संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले ३४ र नेकपा माओवादी केन्द्रका मुकेश साहले १६ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.