|

काठमाडौ : संसदको महिला,बालबालिका तथा समाज कल्याण समितिबाट पास भएको चिकित्सा शिक्षा विधेयकलाई स‌ंसदबाट तत्काल पास गर्न सरोकारवालहरुले सुझाव दिएका छन्। 

आज काठमाडौँमा शिक्षा पत्रकार समुहले गरेको एक सात्क्षातकार कार्यक्रमा कार्यक्रममा पूर्व शिक्षामन्त्री धनिराम पौडेले हालको संसदको म्याद सकिन लागेको हुदाँ समितिबाट पास भए जसरी नै स‌ंसदबाट विधेयक पास गर्नुपर्ने बताए।

उनले भने ' मंसिरमा संघ र प्रदेशको चुनावको घोषणा गरिसकेको अवस्थामा यो संसदको म्याद सकिन लागि सकेको छ। जसले गर्दा पनि केही ढिलो गरेमा यो संसदबाट हाल समितीबाट पास  भइसकेको चिकित्सा शिक्षा विधेयक संसदबाट पास नहुन सक्छ। त्यसैले हाल पास भएको विधेयका यो पुगेन त्यो पुगेन भन्नु भन्दा पनि नपुगेको कुरा पछि थप्ने गरी तत्काल संसदबाट विधेयक पास हुने बाटोतर्फ लाग्नुपर्छ।'

प्रदेशको चुनावको उम्मेदवारहरु चयन हुने बित्तिकै हालको संसदको म्याद सकिने र यसबीचमा चाडपर्व पर्ने हुँदा लामो समयसम्म संसद बस्न नपाउने उनले बताए। उनले थप्नु पर्ने कुराहरुपछि थप्ने गरी अहिलेकै अवस्थामा विधेयक पास गर्नुपर्ने बताए।

एमाले सांसद् रामहरि सुवेदीले चिकित्सा शिक्षाा विधेयक पास हुनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। उनले भने ' धेरैले हाम्रो कारणले चिकित्सा शिक्षा विधेयक आउन ढिला भएको भन्ने आरोप लगाउदै आउनु भएको छ। यो गलत हो,  हामी सधै सबै जनताहरुको पहुँचमा पुग्ने खालको चिकित्सा शिक्षा विधेयको पक्षमा छौँ।'

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले हाल महिला, बालबालिका तथा समाज कल्याण समितिले  पास गरेको चिकित्सा शिक्षा सम्बन्धी विधेयकले धेरै कुरा समेटेको बताए। उनले यसलाई जति सक्दो चाडो‌ं पास गर्नुपर्ने बताए।

प्रवक्ता लम्सालले  मेडिकल कलेजहरुले ऐन निर्माण गरेर एकृकित परीक्षा प्रणाली र शुल्क निर्धारणका गर्नुपर्ने बताए। 'मेडिकल कलेजहरुले लिने शुल्क र प्रवेश परीक्षाहरु एकिकृत हुनुपर्ने कुराहरु उठेको अवस्था छ।  हालको ऐनमा विश्वविद्यालयहरु आफै‌ंले परीक्षा र शुल्क निर्धारणका विषयमा निर्णय लिनसक्ने व्यवस्था छ। त्यसैले नयाँ ऐन निर्माण गरेर परीक्षा प्रणाली र शुल्क निर्धारण गर्नुपर्छ।'

डा. गोविन्द केसीको सहयोगी अभिषेक सि‌ंहले हाल समितिबाट पास भएको विधेयकमा माथेमा कार्यदलले दिएका धेरै सुझावहरु नसमेटिएको हुदाँ तत्कालकै अवस्थामा विधेयक पास गर्न नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.