|

जाजरकोट : प्राण घातक रोग क्यान्सबाट पीडित बालिकाको उपचारको सहयोगको लागी जाजरकोटमा सहयोग संकलन सुरु भएको छ । जिल्लाको कुसे गाउँपालिका वडा नं. ७ ( साविकको ढिमे गाविस वडा नं. ९ ) नारे जाजरकोटकी १४ वर्षीय एलिना हमालको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग संकलन थालेका हुन्। 

आर्थिक अवस्था निकै कमजोर भएकी यी बालिकाको उपचारमा आर्थिक अभावका कारण समस्या छ। बालिकाका बाबु गाउँका सामान्य कृषक हुन्। उनको आम्दानीको अरु कुनै स्रोत छैन। 

घरमा भएको सवै सम्पती यलिनाको उपचारमा सकिँदा दैनिक छाक टार्न समेत संकट गरेको बालिकाका बाबु दिपक हमालले बताए। “छोरीको उपचारमा घरको सवै सम्पती सकियो। मसँग अहिले एक रुपैयाँ पनि छैन। आर्थिक अभावमा छोरीको औषधि उपचार गर्ने कुरा निकै कठिन भएको छ। छोरीको उपचार कसरी गरौं,’ उनले भने।

एलिनाको  उपचारको लागि रकम जुटाउन नसक्दा निकै समस्यामा परेको हमालले बताए। छोरीको उपचारमा संलग्न डाक्टरका अनुसार रोग पूर्ण रुपमा निको पार्न २ वर्ष लाग्छ। निको नहुल्जेल २ वर्षसम्म नियमित उपचार गराई रहनुपर्ने उनले बताए। 

छोरीको उपचारमा १२ लाखदेखि १६ लाखसम्म खर्च लाग्नसक्ने उपचारमा संलग्न डाक्टरले बताउने गरेको हमालले बताए।

बालिकाका लागि अहिले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोगी हात अघि बढाएका छन्। बालिकाको सहयोगका लागि अभियान संचालन गरेका समाजसेवी प्रविन नेपाली तथा खम्बबहादुर सिंहको विशेष पहलमा जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमान बहादुर खड्काले १० हजार, कुसे गाँउपालिका ८ निवासी पहल कार्यक्रम जाजरकोटका कार्यक्रम संयोजक महेन्द्र शाही ५ हजार,छेडागाड नगरपालिका ११ जाजरकोटका राजेन्द्रबहादुर सिंहले २ हजार ,विरेन्द्रनगर ११ सुर्खेतकी सरु केसीले १ हजार ५०,भेरी नगरपालिका ३ जाजरकोटका राजकुमार शाहले १ हजार, सहयोग गरेको बालिकाका बाबु दिपक हमालले जानकारी दिए। 

क्यान्सर पिडित बालिका एलिनाको गत वैशाखदेखि निजामति कर्मचारी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ। एलिनाको उपचारमा सहयोग गर्न उनको नाममा सिटीजनस बैंक इन्टरनेशलमा रहेको बचत खाता नंं.०२१००००१८६ MU मा पनि जम्मा गर्न सकिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.