४ वर्षदेखि कुवेतमा जेल परेपछि परिवारसँग सम्पर्क थिएन

|

सिन्धुपाल्चोक : वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी चौतारा साँगाचोगढी नगरपालिका ४ की डोल्मा तामाङ घर आइपुगेकी छन्। डोल्मा घर फकिएसँगै उनको परिवारमा खुसी छाएको छ।

०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको परिवारले बताउँदै आएका थिए। स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै उनलाई कुवेत पुर्‍याएको थियो। सिन्धुपाल्चोकमा महिला कामदार वैदेशिक रोजगारीको लागि जानेको संख्या धेरै छ। देखासिकी गरेर वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ।

डोल्मा घर आइपुगेको जानकारी दिँदै आमा छेकुले पाँच वर्षपछि आफ्नो खुसी फर्किएको बताईन्। ‘आजबाट रात पनि दिनजस्तै उज्यालो हुन्छ जस्तो लागेको छ’ छेकुले भनिन्, ‘हामीले छोरीको आस मारिसकेको थियौं, ५ वर्षपछि छोरी घरमा आइपुग्दा आपूmलाई ठूलै युद्ध जितेको जस्तो लागेको छ।’

पाँच वर्ष सम्पर्कमा नआएपछि छोरीसँग भेट हुने आशा मरिसके पनि एक्कासि भेट हुँदा खुसीको सीमा नरहेको उनको भनाइ छ। ‘गएको एक वर्षसम्म फोन सम्पर्कमै रहेकी थिइन्। त्यसपछि छोरीसँग एक्कासि सम्पर्क टुट्यो। पाँच वर्षअघिदेखि फोन सम्पर्क छुटेपछिका धेरै दिन रोएरै बिताएको थिए’ उनले भनिन्।

‘जेल परेको थिएँ, नेपाल फर्किएपछि आफूलाई मृत्यु जितेको जस्तै भएको छ’ डोल्माले थाहा खबरसँग कुराकानीको क्रममा भनिन्, ‘५ वर्षदेखि परिवारसँग कुनै सम्पर्कमा आउन पाइनँ, अहिले आफ्नो परिवारसँग भेट्न पाउँदा आफूलाई ठूलै युद्ध जितेको भान भएको छ।’

डोल्मालाई नेपाल झिकाएर परिवारसँग मिलन गराउन जिल्ला समन्वय समितिको सामी परियोजनाले पनि विशेष पहल गरेको परियोजनाको कार्यक्रम संयोजक रिना श्रेष्ठले बताइन्।

डोल्मा कुवेत जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए। त्यसबेला  ४५ हजार खर्च गरेर तामाङ कुवेत गएकी थिइन्। उनलाई सिन्धुपाल्चोक बाँसखर्कका कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.