|

चितवन : भरतपुर महानगरपालिका २२ केरुङ्गा खोला तर्ने क्रममा बगेर बिहीबार एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको पदमपोखरीस्थित केरुङ्गा खोला तर्न लाग्दा खोलाले बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पर्सा जिल्लाको ठोरी घर भई भरतपुर २२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका कुँवरलाई बिहान ११ बजेतिर खोलाले बगाएको हो। इलाका प्रहरी कार्यालय गीतानगर चितवनका प्रहरी निरीक्षक भुपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो। शवको मुचुल्का गरी पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको रानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.