|

काठमाडौं : नेकपा एमालेले प्रदेश नम्बर २ को निर्वाचनको मतगणनामा अवान्छित गतिविधि भइरहेको भन्दै विरोध जनाएको छ। मतगणना हुँदाहुँदै कर्मचारी र सुरक्षाकर्मी हेरफेर गर्ने, मतपत्र च्यात्ने प्रयत्न गर्ने, एमालेले जितेका ठाउँमा परिणाम घोषणा गर्न नदिने जस्ता उदण्ड व्यवहार देखापरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकपछि सचिव ज्ञवालीले यस खालको गतिविधि अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्।

एमालेको स्थायी कमिटीको बैठकमा मंसिर १० र २१ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट पार्टीले बहुमत सहितको केन्द्रीय सरकार र प्रादेशिक सरकार बनाउने रणनीतिमा छलफल भइरहेको ज्ञवालीले जानकारी दिए।

त्यसका लागि पार्टीको सिङ्गो पङ्तिलाई अबको कामको सम्पूर्ण केन्द्रविन्दु निर्वाचनलाई बनाउन, तोकिएको समयभित्र उम्मेदवारहरु तय गर्न आग्रह गरिएको उनले बताए। 'आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार गठन गरेमा मुलुकमा राजनीतिक स्थिरता कायम हुनेछ' उनले भने 'जसले मुलुकमा समृद्धिको ढोका खोल्छ, जसले बलियो सवल राष्ट्रको नेतृत्व गर्छ, त्यो ढंगको निर्वाचनको रणनीतिमा हामी केन्द्रीत हुन्छौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.