|

रूपन्देही: बुटवलको एक बालबालिकाको सामान बिक्री गर्ने पसलमा आगलागी भएको छ। 

बुटवल– ११ शान्तिचोकमा रहेको ह्याप्पी किड्स एण्ड बेबी ल्याण्डमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ।

बिहीबार बिहान साढे ६ बजे पसलमा आगो लागेको हो। पसल एक महिनाअघि मात्रै सञ्चालनमा आएको थियो। विद्युतको मिटर बक्सबाट आगो निस्किएर सामान जलेको सञ्चालक पसल निरञ्जन पन्तले बताए। विद्युतको भोल्टेज अनियमित हुँदा सो आगलागी भएको बताइएको छ।

आगलागी भएको केही समयमै बुटवल उपमहानगरपालिकाको दमकललाई खबर गरे पनि दमकल ढिलो आउँदा सबै सामान नष्ट भएको पन्तले बताए। 

स्थानीयले समयमा दमकल नपठाउने बुटवल उपमहानगरपालिका र विद्युत कार्यालयको लापरवाहीले ठूलो धनमाल नष्ट भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.