|

बारा : पत्रकार महासंघ बाराको साधारण सदस्यबाट राजिनामा दिएर राजनीतिमा होमिएका मोहित चौधरीलाई सफलता मिलेको छ। प्रेस सेन्टर बाराका निवर्तमान सचिव चौधरी जीतपुर सिमरा उप–महानगरपालिकाको वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार चौधरीको प्यानलै विजयी भएको छ। चौधरीले ५ सय ८८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ९० मत मत प्राप्त गरे। 

बाराको जीतपुरलाई कार्यक्षेत्र बनाएर उनी लामो समयदेखि पत्रकारितमा सक्रिय थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.