|

सुर्खेत : रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीले सुर्खेत भट्टेघारीका आगलागी पीडितका लागि संकलन गरेको राहत रकम हस्तान्तरण गरेका छन्।

आफ्नो कमाइको केही रकम भए पनि सामाजिक काममा लगाउने उद्देश्यले  गत साल पुस महिनामा लागेको आगलागीबाट पीडित बनेका सुर्खेत भट्टेघारीका पीडितलाई सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाले राहत रकम संकलन अभियान सञ्चालन गरको थियो।

आगलागी पीडितका लागि रोजगारीका लागि दक्षिण कोरिया गएका नेपालीहरुबाट संकलन गरिएको राहत रकम सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष लक्ष्मीनारायण बस्नेतको टोलीले बुधबार पीडित बस्तीमा पुगेर हस्तान्तरण गरेका हुन्।

संकलन भएको २ लाख २८ हजार रुपैयाँबाट जस्तापाता किन्न सक्ने आर्थिक क्षमता नभएका ३ जनाको परिवारलाई जस्तापाता हस्तान्तरण गरिएको छ भने, उक्त बस्तीमा बस्दै आएका घरधुरीका लागि १, १ वटा फिल्टर हस्तान्तरण गरिएको हो।

आर्थिक अभावकारण अहिले पनि खुला चौरमा रात काट्दै आएका बराहताल गाउँपालिका वडा नंबर ८ भट्टेघारीका ३ जनाको परिवारलाई सुर्खेत–कोरिया सम्पर्क समितिले जस्तापाता सहयोग गरेको हो। समितिले भट्टेघारीका १ सय ३० परिवारलाई शुद्ध पिउने पानीका लागि एक–एक फिल्टर पनि प्रदान गरेको छ।

आगलागीका कारण भट्टेघारीका नागरिक खुलाचौरमा बसीरहेको सुनेपछि आफुहरुले दक्षिण कोरियामा सहयोग संकलन अभियान सुरु गरिएको सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष लक्ष्मिनारायण बस्नेतले जानकारी दिएका छन्।

 रोजगारीका लागि कोरियामा रहेका नेपालीहरुबाट संकलन भएको दुई लाख २८ हजार रुपियाँबाट जस्तापाता र फिल्टर वितरण गरेको बताउँदै अध्यक्ष बस्नेतले आगामी दिनमा पनि ट्टेघारीका अग्नीपीडितहरुका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए। जस्तापाता एवम् फिल्टर वितरण कार्यक्रममा समितिका पूर्वअध्यक्ष लक्ष्मीप्राद ढकाल, विकास मल्ल लगायतको पनि सहभागिता थियो।

२०६४ मा आएको बाढीबाट घरबारबिहीन बनेर उक्त स्थानमा बस्दै आएका बस्तीमा २०७३ माघ १४ गतेका दिनबाट हालसम्म पनि समयसमयमा रहस्यमय आगलागी हुँदै आएको छ। जसले गर्दा त्यहाँका नागरिक त्रासमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.