|

उदयपुर : अवैध रुपमा ढुंगा गिट्टी, बालुवा निकासी गर्ने २३ वटा ट्रक्याक्टर प्रहरीको कब्जामा परेका छन्। जिल्ला प्रहरीले कार्यालय सदरमुकाम गाईघाट नजिकका खोलानालाबाट अवैध रुपमा ढुंगा गिट्टी, बालुवा ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीका अनुसार १ असोजदेखि निरन्तर रुपमा विभिन्न खोलाहरुबाट बालुवा, गिट्टी, ढुंगा निकाली ढुवानी गर्ने ट्रयाक्टरमाथि निगरानी बढाएको छ। ‘जिल्ला समन्यवय समिति उदयपुरले ठेक्का लगाएर तोकिएको मितिमा कुनै सम्झौता नगरी रसिद नदिई आपूm खुसी रकम लिई बलुवा गिट्टी र ढुंगाको निकासा गराउने ट्रयाक्टहरु पक्राउ परेका हुन्,’ उनले भने, ‘जिससको पहलमा अवैध रुपमा बलुवा गिट्टी र ढुंगा ल्याउने ट्रयाक्टहरुलाई कानुनअनुसार कारबाही हुनेछ।

यसैक्रममा प्रहरीका अनुसार बोल्न नसक्ने (लाटी) महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लालपत्ता प्रहरीले गएको बिहीबार पक्राउ त्रियुगा नगरपालिका ३ का २५ वर्षे राजेश बिक  पक्राउ परेका हुन्।

डिएसपी मेघराज अधिकारीका त्रिनपा ६ स्थित गाईघाट लालपत्ता सडकनजिक चुरे जंगलमा जलजलेबाट ललापत्ता तर्फ पैदल जादै गरेको नामथर वतन नखुलेकी जानकारी आएपछि प्रहरीले खोजेर पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.