|

बैतडी : नेकपा माओवादी केन्द्र बैतडीले आगामी मंसिर १०  र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ। जिल्ला कमिटीको बैठकले बिहीबार उम्मेदवारको टुंगो लगाएको हो।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभासद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी, प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसभासद एवं माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पूर्वसभासद् एवं पार्टी जिल्ला इन्चार्ज नरेन्द्र कँुवर (विजयसुन्दर)लाई अघि सारेको छ। यसैगरी, प्रतिनिधिसभामा समानुपातिकतर्फ पूर्वसभासद् एवं माओवादी पोलिटब्युरो सदस्य रेणु चन्दलाई उम्मेदवार बनाएको वाइसिएल जिल्ला इञ्चार्ज कमल बोहराले बताए।

यस्तै, प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा पार्टीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य) र क्षेत्र नं २ मा गोपाल चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। प्रदेशसभाका लागि समानुपातिकतर्फ जिल्ला कमिटी सदस्य भुवनचन्द्र विश्वकर्मा(शान)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

 उम्मेदवारको टुंगो लगाएसँगै माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने निर्णयसमेत गरेको छ। जिल्लाको पाटनमा सम्पन्न जिल्लास्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश इन्चार्ज लेखराज भट्टले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.