|

भवीन कार्की -   

    संखुवासभा : संखुवासभाको जिल्लामा पर्ने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत वसन्तपुर-चैनपुर र टुटे देउरालीदेखि खाँदबारी जोड्ने सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीले भएको भन्दै सरोकार वालाहरुले आपत्ति जनाएका छन्। सडकको स्थिति भयावह भएकाले  दैनिक हजारांै यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

    हिलो सडकमा सवारी गुड्न नसक्दा खाद्यान्नलगायत अन्य उपभोग्य मालसामान ढुवानीमा जिल्लावासीले सास्ती  बेर्होनुपरेको छ। सम्बन्धित निकायले निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरुलाई अनुगमनमा  कडाइ  नगर्दा यात्रुहरुले समस्या भोग्नुपरेको पूर्वजिविस सभापति तुलसीप्रसाद गौतमले बताए।

    समग्र जिल्लावासीको साझा समस्याका रूपमा रहेको उक्त सडक खण्डको मर्मत तथा पुननिर्माणको कार्यमा गैरजिम्मेवारीपनाको जवाफदेहिताका लागि नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालयसमेत दोषी रहेको गौतमको भनाइ छ।

    मर्मत र कालोपत्रे सम्पन्न भएको यो सडकको विभिन्न खण्डमा हिलो र भासिएर सवारी फस्दा  २ घन्टाको बाटोमा ६ घन्टासम्म लमग्ने गरेको छ। २६ किलोमिटर यो सडक मर्मत सम्भारमा मात्र ७ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए।

    जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि तथा अभाव हुने गरेको र दुर्घटनाको मुख्य कारण बन्दै गएकोले तत्काल सरोकारवाला निकायहरुले ध्यान पु¥याउनुपर्ने देखिन्छ। 

      

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.