|

लहान : सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर २ भवानीपुरमा एक व्यक्तिले कुटेर पत्नीको हत्या गरेका छन्। अन्दाजी ३५ वर्षका ज्ञानेन्द्र चौधरीले गएराति आफ्नै कोठामा कुटपिट गरी पत्नी सञ्जुकुमारी चौधरीको हत्या गरेका हुन्।

पत्नीको हत्या गर्ने चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरीक्षक उत्तम कार्कीले जानकारी दिए। अनुसन्धानका लागि मृतकका ससुरा महेन्द्र चौधरी र सासु राधा चौधरीलाई पनि नियन्त्रणमा लिइएको कार्कीले बताए।

मृतकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ। प्रत्यक्षदर्शीका अनुसार मृतकको शरीरमा निलडाम र आइरनले डामेको देखिएको छ।

विवाह भएको पाँच महिनामै हत्या

लहान नगरपालिका १५ शोभापुर माइती भएकी मृतक सञ्जुको ५ महिनाअघिमात्रै विवाह भएको थियो।

लागूऔषध दुव्र्यसन र मदिराको कुलतमा फसेका ज्ञानेन्द्रले पहिलो श्रीमतीले छाडेर हिँडेपछि सञ्जुसँग विवाह गरेका थिए। सञ्जु गर्भवती रहेको हुनसक्ने आशंका गरिए पनि पोस्टमार्टमपछि मात्र घटनाबारे थप खुल्ने प्रनानि कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.