|

बैतडी : अरिंगालको टोकाइबाट बैतडीमा एक बालकको ज्यान गएको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर १ कुडीका ८ वर्षका रोशन भण्डारीको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।

घर नजिकैको वनमा सोमबार खर काट्न गएका आमा कलावती भण्डारी र बुबा वीर बहादुर भण्डारीसँगै गएको बेला रोशनलाई अरिंगालले टोकेको हो। अरिंगालको टोकाइबाट घाइते भएका रोशनको पुर्चौडी स्वास्थ्य चौकीमा उपचारको क्रममा सोमबार साँझ नै मृत्यु भएको पुरघाट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक मानबहादुर बोहराले बताए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.