|
Photo : standard.co.uk

काठमाडौं : युरोपकै प्रतिष्ठित च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पेरिस सेन्ट जर्मेनले बलियो प्रतिद्वन्द्वी बार्यन म्युनिखलाई पराजित गरेको छ। घरेलु मैदानमा गएराति भएको खेलमा पिएसजी ३-० ले विजयी भयो।

पिएसजीको जितमा ड्यानी आल्भेज, इडिसन काभानी र नेयमारले गोल गरे। ब्राजिलियन स्टार नेयमारलाई कीर्तिमानी मूल्यमा क्लबमा भित्र्याएको पिएसजीले ५ पटकको विजेता बार्यनविरुद्ध शानदार जित दर्ता गर्दै यस सिजन प्रतियोजितामा धेरै अघि जानसक्ने संकेत देखाएको छ।

टिमका पूराना स्टार काभानी र नेयमारबीच द्वन्द्व चलेको खबर सार्वजनिक भइरहेका बेला त्यसको मूल्य पिएसजीले यस खेलमा चुकाउनु परेन। फ्रेन्च लिग वानअन्तर्गत लियोन विरुद्धको खेलमा पेनाल्टी प्रहाका विषयलाई लिएर काभानी र नेयमारबीच असमझदारी उत्पन्न भएको थियो।

गएराति नै भएको अर्को खेलमा साविकको उपविजेता युभेन्टसले ओलम्पियाकोसलाई २-० ले पराजित गर्‍यो। उसका लागि गोञ्जालो हिगुइन र मारियो मञ्जुकीले गोल गरे।

यसका अलाव बसेलले बेनफिकालाई ५-०, म्यान्चेस्टर युनाइटेडले सिएसकेए मस्कोलाई ४-१, सेल्टिकले एण्डरलेक्टलाई ३-०, रोमाले क्वारबागलाई २-१ तथा चेल्सीले एथ्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्दा ५ पटकको विजेता बार्सलोनाले आत्मघाती गोलको मद्दतमा स्पोर्टिङविरुद्ध १-० को संघर्षपूर्ण जित दर्ता गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.