|

कपिलवस्तु : नेपालीहरुको महान् पर्व बडादसैंको अवसरमा निकालिने दुर्गा भवानीको मूर्तिको झा“कीको धूमधामका साथ प्रदर्शन भइरहेको छ। जिल्लामा दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजीलगायत कैयौं देवी देवताहरुको मूर्तिको झा“की ५ दिनसम्म निकालिने प्रचलन रहेको छ। 

विजयादशमीको अवसरमा कपिलवस्तुका स्थानीय युवाहरुको अग्रसरतामा विभिन्न चौक र गल्लीहरुमा माता दुर्गा भवानीका माटोका मूर्तिहरु बनाई पूजाआजाका लागि प्रदर्शनमा राखिएको छ। दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, शिवजीलगायत कैयौं देवी देवताहरुको मूर्तिको झाँकी फूलपातीका दिनदेखि ५ दिनसम्म झाँकी निकाली पूजाआजा गर्ने गरिन्छ।

बाजागाजाका साथ निकालिएका झाँकीहरुको अवलोकन गर्न सहरबजार र गाउँघरबाट दर्शनार्थीहरुको भीडभाडका साथ रमाइलो हुने र पूजाआजा गर्ने चलन रहनुका साथै चहल पहल पनि हुने गर्दछ। नवदुर्गा भवानीको नवरात्र भरी पूजाआजा गर्नाले  मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाइ छ। हिजोआज स्थानीय युवाहरु मूर्ति निर्माण र सजावटमा विशेष सक्रिय बनेका छन्।

जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडी, बर्रोहिया लगायतका मधेस समुदाय बाहुल्य स्थानहरुमा दुर्गा भवानीका यस्ता मूर्तिहरु प्रदर्शनमा राखिएका छन्।

मूर्ति निर्माणका लागि हिन्दु समुदायका साथै मुस्लिमहरुले समेत चन्दा सहयोग प्रदान गरी धार्मिक सद्भाव कायम राख्न सहयोग गरेका छन्। यी मुर्तिहरुलाई द्वादशीका दिन बाजागाजाका साथ स्थानीय रामघाट नदी र वरपरका अन्य नदीहरुमा लगेर विर्सजन गरिने प्रचलन रहेको छ।

तौलिहवा सागरटोल स्थित चन्द्रघण्टा दुर्गाभवानीको मन्दिरमा प्रत्येक वर्ष जस्तो यो बर्ष पनि बिशेष झाँकी प्रर्दशन गरिएको छ। चन्द्रघण्टा दुर्गा भवानी व्यवस्थापन समितिको संयोजनमा मंदीर आसपास सागरटोल, नयांटोल लगायतका सर्वसाधारणहरु घर घरबाट जम्मा भई विशेष गाजाबाजाका साथ यो ५ दिन पुजाआजा गरिने समितिका अध्यक्ष माधवप्रसाद शर्माले बताए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.