तीन दिन देखिको अनसनले कमजोर बन्दै स्वास्थ्य स्थिती

|

काठमाडौं: स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै पटक पटक अनसन बस्ने शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले अहिले असनसन स्थिगत गरिरहेका छन्। तर उनले अनसन स्थिगत गरेका दिन अर्का डाक्टरले भने त्रिभुवन विश्‍व विश्‍व विद्यालयमा आमरण अनसन बसेका छन्।

 १४ सय २० आंशिक्ष शिक्षकहरुको प्रतिनिधित्व गर्दै अनशन बसेका गजुरेलको एक सुत्रे माग छ। उनको मागको अर्थ ज्यालादारी रकम नभई मासिक तलव रहेको छ। जसअनुसारउनले आंशिक्षक शिक्षकलाई करार बनाएर आंशिक पर्था अन्त्यको माग गरेका छन्।

पाँच जना आंशिक  शिक्षकहरुले ६५ दिनसम्म रिले अनसन बसेर पनि माग पुरा नभएपछि आमरण अनसननै बस्न बाध्य भएको गजुरेल बताउछन्। पहिलो पटक आमरण अनशन बसेका गजुरेलको स्वास्थ्य स्थिती कमजोर बनेपछि शुक्रबारबाट औषधि सहितको सलाइन चढाउन सुरु गरिएको छ।

'केही असहज त भएको छ, तर केही गरी हाम्रा माग पुरा नभएपछि यसको अर्को विकल्प भएन, कि होला माग पुरा नभए जाला ज्यान' गजुरेलले थाहाखबरसँग भने।गजुरलको आमरण अनसनलाई समर्थन गर्दै त्रिबीमा आएका आंशिक्षक शिक्षकहरु अबको दुई दिनसम्म पनि माग पुरा नभएमा सबै आमरण अनसनमा बस्न तयार रहेको बताएका छन्।

'यति सामान्य माग राखेर हामी आमरण अनसनमै बस्नु परेको छ, ५ दिनसम्म गजुरेलसर अनसन बसेपछि पनि हाम्रा माग पुरा भएनन भने हामी सबै बस्छौ' एक शिक्षकले भने।

आंक्षिक शिक्षकहरुले लामो समयदेखि आन्दोलन जारी राखेपछि दुई महिना अगाडी त्रिभुवन विश्‍व विद्यालयले टेकनाथ ढकाल नेतृत्वको उच्चस्तरीय आयोग गठन गरी १४२० जना प्राध्यापकको दरवन्दी आबश्‍यक रहेको प्रतिवेदन पेस गरेको थियो। यो प्रतिवेदन शिक्षा मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पुगेको आंशिक शिक्षकहरुले बताएका छन्।

आंशिक प्राध्यापकलाई करार गर्न ६ भदौ २०६३, २१ असौज  २०६५, २१ भदौ २०६६ र ३२ जेठ २०६९मा सरकारले गरेको सम्झौताको थियो। तरअहिलेसम्म पनि त्यो सम्झौता कार्यन्वयन नभएको भन्दै त्यही माग बोकेर उनीहरु आन्दोलनमा लागेका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.